सहकारीका सदस्यले चिरायु अस्पतालमा पाउछन यस्ता सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीका सदस्यले चिरायु अस्पतालमा पाउछन यस्ता सुविधा



काठमाडाै । बसुन्धारा स्थित चिरायु अस्पताल र साहस बचत तथा ऋण सहकारी संस्था (साहस साकोस) र बीच सदस्य हितलाई दृष्टिगत गरी सम्झौता भएको छ ।

मंगलबार चिरायु अस्पतालको सभा कक्षमा साहस साकोसकातर्फ बाट अध्यक्ष बलराम पाठक र चिरायु अस्पतालको तर्फबाट अप्रेसन निर्देशक चंडेस्वर बैधेले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । अब साहसका शेयर सदस्यहरुले उक्त अस्पतालमा स्वास्थ्य जाँच गराउँदा डाक्टर शुल्क, बेड शुल्क, डाइग्नोसिस शुल्क, औषधी, एम्बुलेन्स लागायतमा ५ देखि २० प्रतिशतसम्म छुट पाउने छ ।

संस्थाले आम जनमानसको हित हुने खालको कुनै पनि स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गरेमा चिरायु अस्पतालले आफ्नोतर्फ बाट डाक्टर, औषधि लगायतका सामग्रीहरु पनि निःशुल्क रुपमा सहयोग गर्ने चिरायु अस्पतालका अप्रेसन निर्देशक चंडेस्वर बैधेले बताए ।

कोरोना महामारीमा र पछिसम्म पनि सदस्यले स्वास्थ्य उपचारमा बिशेष सुबिधा पाउने र आउँदा दिनहरुमा पनि सदस्य हित हुने खालका कार्यक्रमहरु निरन्तर गरिने संस्थाका अध्यक्ष पाठकले बताए ।

सम्झौता कार्यक्रममा संस्थाका कोषाध्यक्ष केशव सापकोटा र व्यवस्थापक महेश राज थापा उपस्थित हुनुहुन्थ्यो भने चिरायु अस्पतालका तर्फबाट फाइनान्स कन्सलट्यंट चार्टर्ड अकाउनटेन्ट मन्दिप बाशिशठ, बि डि एम हिमाल बहादुर राना लगायतको उपस्थित थियो।

११ वर्ष अघि स्थापना भएको साहस साकोसले सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

प्रकाशित : १५ असार २०७८, मंगलवार २१:५०