एक सय रुपैयाँका लागि श्रीमानको हत्या ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

एक सय रुपैयाँका लागि श्रीमानको हत्या !



बर्दिया । बर्दियामा एक पुरूषको हत्या आरोपमा श्रीमती र छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छोरा आकाश थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

मृतक लक्षिराम थारूले रक्सी खान भन्दै श्रीमती सीतासँग एक सय रुपैयाँ मागेको र सोही विषयमा उनीहरूबीच झगडा भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

झगडापछि कुटपिट हुँदा लक्षिराम थारु घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १५ असार २०७८, मंगलवार २२:१४