सिभिल बैंक र प्रभु बैंकलाई कारवाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिभिल बैंक र प्रभु बैंकलाई कारवाही



काठमाडाैं । नेपाल राष्ट्र बैंकले सिभिल बैंक र प्रभु बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष ७७/७८ को तेस्रो त्रैमासमा यी २ बैंकलाई कारवाही गरेको हो ।

सिभिल बैंकले सम्पति शुद्धीकरण सम्बन्धि ऐन र निर्देशनको उल्लङ्घन गरेकोले बैंकलाई १० लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै सिभिल बैंकले ऋणीसंग अप्रत्यक्ष कारोबार गरेको पाइएकोले एकिकृत निर्देशन नम्बर ६ को संस्थागत सुशासन सम्बन्धि ब्यबस्थाको बुँदा नम्बर २ (ख) मा रहेको ब्यबस्थाको पालना नभएकोले अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिईएको रह्स्त्र बैंकले उल्लेख गरेको छ। चालु आर्थिक वर्ष सिभिल बैंक राष्ट्र बैंकको कारवाहीमा परेको यो पहिलो पटक हो ।

त्यस्तै राष्ट्र बैंकले प्रभु बैंकलाई पनि कारवाही गरेको छ । प्रभु बैंकले एकिकृत निर्देशनको ब्यबस्था विपरित प्रभु मनी ट्रान्सफरसंग कारोबार गरेको पाईएकोले संचालकहरुलाई सचेत गराएको हो । राष्ट्र बैंकले तत्कालिन अध्यक्ष देवी प्रकाश भट्टचन, संचालकहरु शंकर कालीकोटा र रमेश सिंह खड्का, तत्कालिन संचालकहरु अम्बिका शर्मा लामिछाने, पुष्प बहादुर प्रधान , र दक्ष पौडेल तथा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, र राष्ट्रिय वाणिज्य बैंक तथा प्रथम त्रैमासमा लक्ष्मी बैंकलाई कारवाही गरेको थियो ।

प्रकाशित : १६ असार २०७८, बुधबार ०७:४६