बुधबार ३ हजार ५९७ जना कोरोना संक्रमित निको भए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुधबार ३ हजार ५९७ जना कोरोना संक्रमित निको भए



काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ५ लाख ९१ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ८९२ जनामा कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९ हजार ९५ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : १६ असार २०७८, बुधबार १७:०३