कुमारी बैंक र दृष्टि दि भिजन आइ सेन्टर बीच सम्झौता



काठमाडाैं । नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टर प्रा..लि. र कुमारी बैंक लि. बीच सम्झौता भएको छ । केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंक लि.का ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।


उक्त सम्झौता–पत्र अनुसार दृष्टि दि भिजन आइ सेन्टर प्रा.लि.बाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० % सम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।


कुमारी बैंक लि.का मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजन आइ सेन्टर प्रा.लि.का निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कुमारी बैंक लि.ले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । साथै, आफ्ना ग्राहकहरुलाई सरल, सुलभ र सुरक्षित स्वास्थ्य सेवा प्राप्तिका लागि स्वास्थ्य सेवाप्रदायक संस्थासँगको सहकार्य र सहजीकरणलाई निरन्तरता दिइने जानकारी दिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि