राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीलाई बिना धितो पेशाकर्मी सरल कर्जा दिने



काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा हस्ताक्षर गरी एक आपसमा आदान प्रदान गर्नुभएको हो । २०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलवी बचत खाता आगामी ५ वर्षका लागि थप सेवा सहित नविकरण गर्ने तथा विना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कोभिड(१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाईजर प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि