महिला उद्यमीको साथमा मन्त्रालय, ५१ जना महिला उद्यमीलाई नगद सहित सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महिला उद्यमीको साथमा मन्त्रालय, ५१ जना महिला उद्यमीलाई नगद सहित सम्मान



काठमाडौं । उद्योग मन्त्रालयले साना तथा लघु उद्यमका क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका ५१ जना महिला उद्यमीलाई नगद सहित सम्मान प्रदान गरेको छ । आज आयोजना गरेको सम्मान कार्यक्रममा नगद ५ हजार रुपैंयाले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग मन्त्री महेश बस्नेतले देशको विभिन्न स्थानमा सञ्चालित लघुउद्योग सफल रुपमा अगाडि बढेको भन्दै अझ थप सफल बनाउन आवश्यक सहयोग गर्ने आशवासन दिएका थिए ।
स्वदेशी उत्पादनलाई महत्व बढाउन सरकारी निकायले तिनको अनिवार्य प्रयोग गर्ने निर्देशिका जारी भइसकेको छ भन्दै उनले यसका लागि सार्वजनिक खरिद बिक्री ऐनमा केही संशोधन गर्न आवश्यक रहेको बताए । उनले तत्पश्चात् सरकारी निकायमा स्वदेशी वस्तु खपत हुनेहुँदा उद्यमी लाभान्वित हुन्छन् मन्त्री बस्नेतको भनाई थियो ।
मन्त्री बस्नेतले भूकम्पका कारण ५० उद्यमीको मृत्यु भएको तथा धेरै उद्योगमा क्षति पुगेको जानकारी दिँदै पीडित उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउन छलफल भइरहेको र आगामी दिनमा उद्योगको अनिवार्य बिमाको व्यवस्था गरिने बताए ।

उद्योग सचिव जयमुकुन्द खनालले मुलुकमा साना तथा लघु उद्योगको विकास भएमा मात्र देशको अर्थतन्त्र बलियो हुने विचार व्यक्त गरे । उनले भूकम्पबाट क्षति भएका उद्योगका अभिलेख सङ्कलनको कार्य जारी रहेको त्यसको परिणाम आएपछि उद्यगीलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा नयाँ आर्थिक वर्षमा बजेटमा व्यवस्था गर्ने जानकारी पनि दिए ।

प्रकाशित : २५ जेष्ठ २०७२, सोमबार १६:२२