असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने, यी हुन केन्द्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने, यी हुन केन्द्र



काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने जनाएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काका अनुसार दोस्रो मात्रा खोपका लागि जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकिएको हो ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो। पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको हो । खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ।

प्रकाशित : १७ असार २०७८, बिहीबार ०८:२५