सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

कम्पनीको बुधवार कायम अन्तिम मूल्य रू. १ हजार ५५४ को आधारमा ११ प्रतिशत बोनसपछिको मूल्य रू. १ हजार ४०० तोकेको छ । बिहीवार समायोजन पछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।

कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।

उक्त सभा प्रयोजनका लागि असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बोनस पछिको मूल्य तोकेको हो । असार १७ गतेदेखि यस कम्नपीको शेयर खरिद गर्नेहरुले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछैनन् ।

प्रकाशित : १७ असार २०७८, बिहीबार १०:४४