बिहिबार ४०१७ जना कोरोनामुक्त, २७६० मा संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बिहिबार ४०१७ जना कोरोनामुक्त, २७६० मा संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ४ हजार १७ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुने कुल संख्या ५ लाख ९५ हजार ८०१ पुगेको छ ।

त्यस्तै बिहीबार थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा नेपालमा ३३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट कुल मृतकको संख्या ९ हजार १४५ पुगेको छ ।

प्रकाशित : १७ असार २०७८, बिहीबार १७:०८