राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज चलाउने को ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज चलाउने को ?



काठमाडाैं । नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ ।

राष्ट्र बैंकले सूचना निकालेर अहिलेसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको जनाएको छ ।

अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेकाेमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै भ्रामक फेसबुक पोस्टमा विश्वास नगर्न बैंकले सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रकाशित : १७ असार २०७८, बिहीबार १७:१२