सहकारीका कर्मचारीलाई कोभिडविरुद्धको खोप तत्काल लगाउन प्रदेश १ सहकारी संघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारीका कर्मचारीलाई कोभिडविरुद्धको खोप तत्काल लगाउन प्रदेश १ सहकारी संघको माग



विराटनगर । प्रदेशभरीका सहकारी संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई कोभिडविरुद्धको खोप तत्काल लगाउन प्रदेश १ सहकारी संघले माग गरेको छ । प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको नेतृत्वमा गएको सहकारी अभियानकर्मीले सामाजिक विकास मन्त्री उषाकला राईलाई भेटेर खोपको प्रबन्ध मिलाउन माग गरेको हो ।

मुलुकभर करिव ३० हजारको संख्यामा रहेका सहकारी संघ/संस्थामा ७५ लाखभन्दा बढी जनता सदस्यका रुपमा आवद्ध गरेर सेवा प्रवाह गरिरहेको सहकारी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरिएको छ । प्रदेश १ मा मात्र करिब ५ हजार सहकारी संघ/संस्थाहरु रहेको र १० लाख भन्दा बढी व्यक्तिहरु सदस्यका रुपमा आवद्ध रहेको जानकारी दिँदै अध्यक्ष पोखरेलले ती संस्थाहरुमा कार्यरत करिब २२ हजार कर्मचारीहरुलाई तत्काल खोप उपलब्ध गराउन माग गरे ।

प्रदेश सहकारी संघकातर्फबाट प्रस्तुत ज्ञापनपत्रमा ठूलो संख्यामा रहेका सहकारीका सदस्यहरुलाइ कर्मचारीहरुले जोखिम मोलेर सेवा प्रवाह गर्दै आएको र योभन्दा कम जनसम्पर्कमा हुने क्षेत्रलाई सरकारले अग्रपंक्तिको कार्यमा खटिने भनी खोप दिने गरेको तर, बढी जनसम्पर्कमा रहेका सहकारीका कर्मचारीहरुलाई यसवाट बञ्चित गरिनु अन्याय भएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री उषाकला राईले सहकारीलाई उच्च प्राथमिकतामा राख्दै कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन आफूले सक्दो सहयोग गर्ने बताईन् ।

प्रकाशित : १८ असार २०७८, शुक्रबार १६:१३