देशभर थप ३ हजार ४ सय ५१ संक्रमित कोरोना संक्रमणमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

देशभर थप ३ हजार ४ सय ५१ संक्रमित कोरोना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप ३ हजार ४ सय ५१ संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पीसीआर परीक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार ३० एन्टीजेन परीक्षणका क्रममा थप ९०८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार १ सय ७९ जनाको मृत्यु भएको छ । हाल नेपालमा २९ हजार २७४ सक्रिय संक्रमित आइसोलेसन र २९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ५७ हजार ८२९ वटा पीसीआर र १ लाख ९६ हजार ६९६ वटा एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १८ असार २०७८, शुक्रबार १७:१७