सिभिल बैंकका नवनियुक्त सीईओ पोखरेलले सम्हाले कार्यभार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकका नवनियुक्त सीईओ पोखरेलले सम्हाले कार्यभार



काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

पोखरेल अनुभवी बैंकर हुन्। उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन्। तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए।

त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष काम गरे। नबिल बैंकमा एक वर्ष काम गरे। त्यसपछि उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे।

प्रकाशित : १८ असार २०७८, शुक्रबार १७:५८