बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार



काठमाडाैं। नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गरेको छ ।

महासंघले प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कारको घोषणा गर्दछ भने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार वितरण गर्ने गर्दछ । यसै सन्दर्भमा शनिवार महासंघले बास्कोटालाई सम्मान गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले नगद पचास हजार सहित उहाँलाई सो पुरस्कारबाट पुरस्कृत गर्नु भएको हो ।सहकारी अभियानलाई जग बसाल्न र सहकारी ऐन–२०४८ र नियमावली निर्माणमा उहाँको भूमिका रहेको थियो ।

बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित : १९ असार २०७८, शनिबार १९:१७