ज्योति विकास बैंकको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन



काठमाडाैं । ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने रु. १.५ अर्ब रुपैयाँको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन खुल्ला गरेको छ।

बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।

९% वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो। रु. १.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि रु. ६० करोड र व्यक्तिगत/विभिन्न संघसंस्थाहरुका लागि रु. ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो।उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ATM वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

मेगा बैंकको सेवा अब नागरिक एपमा पनि पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशका

उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने

विराटनगर ।। उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई

प्रकाशित मिति २०७८ असार १ देखि