लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै



काठमाडौँ । असार २८ गतेदेखि लक्ष्मी बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५% हुनेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गर्न लागेकाे हो । जसमा ८ लाख कित्ता सर्वसाधारणका लागी र बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो ।

उक्त ऋणपत्रमा छिटोमा असार ३१ गते र उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछनन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई असार १५ गते ऋणपत्र निष्कासन गर्न अनुमति थियो ।

प्रकाशित : २० असार २०७८, आईतवार १४:४६