३ लाख ६४ हजार कित्ता बोनस सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

३ लाख ६४ हजार कित्ता बोनस सूचिकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९.१९९८ प्रतिशत बाेनस बापतकाे ३ लाख ६४ हजार ४ सय ४८ दशमलव ३५ कित्ता सेयर सूचिकृत भएको हाे ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा सम्पन्न भएकाे संस्थाकाे दशाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

प्रकाशित : २० असार २०७८, आईतवार १५:३६