डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार



काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो ।

कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेश क्याम्प, रामनगर एरिया, बुटवल चौराहालगायतका क्षेत्रमा फाइबर इन्टरनेट वितरण सुरु गरेको हो ।

त्यस्तै, बर्दिवास नगरपालिकाको इन्टरनेट जडान गर्दा टिभी सब्स्क्रिप्शन, डिशहोम मोवाइल एप, एक्सभीओडी सेवा निःशुल्क प्राप्त हुनेछ । लालगढ हस्पिटल चोक, लालगढ धनौजी, लालगढ पानीट्याङ्की, लालगढ सुनौलो बस्ती, लालगढ श्रेष्ठ टोल, लालगढ आदर्श टोल, लालगढ बाल टोल, बर्दिवास सिन्धुली रोड, बर्दिवास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक, बर्दिवास औराही रोड, बर्दिवास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलटार, नमुना बस्ती, बर्गाच्छी टोल, गौरीडाँडा, गौरीडाँडा १६ विघा, ढुंगाना टोल गौरीडाँडा, रेडियो नेपाल गौरीडाँडामा डिशहोम फाइबरनेट सेवा जडान सुरु गरिएको हो ।

राजधानी काठमाडौंसहित मुलुकका प्रमुख शहरहरूमा इन्टरनेट सेवा सुरु गरिसकेको कम्पनीले बुटवल र बर्दिवासमा अहिले सेवा सुरु गरेको हो । कोरोनाको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण धेरै शहरहरूमा इन्टरनेट सेवा सुरु गर्न नसकेको डिशहोमले अब पूर्वयोजनाअनुसार सेवा विस्तार तीब्र बनाउने जानकारी दिएको छ ।

डिशहोमका स्थानीय डिलर तथा हटलाइन नम्बर ९८०१५४४००० मा फोन गरेर पनि इन्टरनेट जडान गर्न सकिन्छ । हाल ३०, ४०, ६० र १०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको कम्पनीले चाँडै २०० एमबीपीएस गतिको पनि इन्टरनेट सुरु गर्ने योजना बनाएको छ ।

त्यस्तै, कम्बो प्याकेजअन्तर्गत लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्करुपमा १० एमबीपीएस गतिको इन्टरनेट र मासिक २३३ रुपियाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार बार्षिक सात हजार दुई सय रुपियाँ (मासिक छ सय रुपियाँ)मा डिशहोम लाइफस्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ भने बार्षिक १० हजार रुपियाँ (मासिक ८३३ रुपियाँ)मा डिशहोमको लाइफस्टाइल प्याकेज र २५ एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि