अब विदेशबाट पठाएको पैसा सिधै नेचुरल सहकारीको खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अब विदेशबाट पठाएको पैसा सिधै नेचुरल सहकारीको खातामा



काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले इन्फो डेभलर्पस र इसेवा मनी ट्रान्स्फरसँग सहकार्य गरी ‘नेचुरल स्मार्ट एप’बाट रेमिटान्स सेवा सुरु गरेको छ । अब नेचुरल सहकारीका सदस्यहरुले मोबाईल बैंकिङबाटै नेपाल भर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा स्मार्ट एपको प्रयोग गरी सजिलै आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले सदस्य सहजताका लागि यस्तो सेवा ल्याएको हो । सदस्यहरुले आफ्नो खातामा भएको रकम सोही एपको प्रयोगद्वारा देशभरी रहेका इसेवाको काउन्टरहरुमा समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्ने संस्थाका प्रमुख विकल्प पाठकले जानकारी दिनुभयो । यो सेवाले समयको बचत, सहज, सुरक्षित र कोरोना भाईरस जस्तो महामारीको समयमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने पाठकको भनाई छ ।

नगद रहित डिजिटल कारोबारलाई विशेष जोड दिएको संस्थाले अन्य रेमिटान्स कम्पनीहरुसँग सहकार्य गरी अघि बढ्ने नीति लिएको छ ।

प्रकाशित : २१ असार २०७८, सोमबार १०:४१