जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट कहिले ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवारसम्म बाँडफाँट हुने भएको छ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) यस साताभित्रै बाँडफाँड गर्ने गरि तयारी थालेको हो ।

विक्री प्रबन्धक एनएमिबि क्यापिटलले अन्तिम बाँडफाँट शुक्रवारसम्म गरिसक्ने गरी काम गरिरहेको बताएको छ ।

आवेदकहरुको डाटा भेरिफिकेसनको काम अन्तिम चरणमा रहेकाले सोमवार वा मंगलवारभित्रमा प्रि अलोटमेण्ट सम्पन्न गर्ने तयारी विक्री प्रबन्धकको छ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो । यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरिरदका लागि २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट मागभन्दा १६ दशमलव ७३ गुणा बढी रू. ३ अर्ब ९ करोड १० लाख ५३ हजार बराबरको ३ करोड ९ लाख १० हजार ५३० कित्ताका लागि आवेदन दिएका परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो ।

कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न अर्थमन्त्रीलाई सुझाव

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति

शेयर बजारमा ५४.३१ अंकको बृद्धि

काठमाडाै । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा

लगानीकर्ताले अर्थमन्त्रीलाई भने- यी सात काम भए पूँजीबजारका समस्या र समाधान हुन्छ

काठमाडाें । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा अर्थमन्त्री

तेह्रथुम पावर कम्पनीको आइपीओ मंगलबार देखि , कस्ले कति कित्ता भर्न पाइन्छ ?

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोली अर्थात् मंगलबार देखि स्थानीय वासिन्दाका लागि

प्रकाशित मिति २०७८ असार १ देखि