कोकाकोला भारतकाे उपाध्यक्षमा देवयानी राणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कोकाकोला भारतकाे उपाध्यक्षमा देवयानी राणा



काठमाडौं । बहुराष्ट्रिय पेय पदार्थ ब्रान्ड कोकाकोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारत तथा दक्षिण–पश्चिम एसियाका लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपनका उपाध्यक्ष नियुक्त गर्ने भएको छ ।

राणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष मण्डलका नेता पशुपति शमशेर जबराकी छोरी हुन् ।

सरकार, राजनीति, कार्पोरेट मामिला, रणनीतिक व्यवसायिक वकालत, जोखिम व्यवस्थापन, सञ्चार, संस्थागत उत्तरदायित्व बहन(सीएसआर) र दिगोपनका क्षेत्रमा २५ वर्षभन्दा बढी समय काम गरेको अनुभव राणासँग छ ।

देवयानीलाई उपाध्यक्षमा नियुक्त गरिएकोबारे भारत र दक्षिण–पश्चिम एसियाका अध्यक्ष संकेत रेले भनेका छन्– ‘म देवयानीलाई यस उत्साहित चार्टरमा स्वागत गर्न पाउँदा निकै उत्साहित छु । किनभने उहाँ यस क्षेत्रका लागि नेतृत्व टिममा आवद्ध भैसक्नु भएको छ । उहाँले नीति, कानुन, व्यापार सम्झौता, राजनीतिलगायतका क्षेत्रका अनुभव ल्याउनु हुनेछ ।’

देवयानीको अनुभव, ज्ञान र सीपले कोकाकोलाको ब्रान्ड प्रववर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा रेले गरेका छन् ।

प्रकाशित : २१ असार २०७८, सोमबार १५:२२