ब्रोकरहरुको कमिशन घट्यो , कति तिर्नुपर्छ लगानीकर्ताले कमिशन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ब्रोकरहरुको कमिशन घट्यो , कति तिर्नुपर्छ लगानीकर्ताले कमिशन ?



sebon-releaseकाठमाडाै । ब्रोकरहरुको कमिशन घटाउन धितोपत्र बोर्ड सफल भएको छ । लामो समयदेखि विवादमा रहेको कारण ठोस निर्णय हुन नसकिरहेकोमा करीब ४० प्रतिशतले यस्तो कमिशन घटेको छ । यस पटक कारोबारको माथिल्लो लिमिट १ करोड राखेर त्यसभन्दा माथीसम्मको कारोबारको लागि पाँच तहमा कमिशन शुल्क तय गरेको हो ।

अब लगानीकर्ताहरुले ५० हजार मुनिको कारोबारमा ०.६ प्रतिशत, ५ लाखसम्मको कारोबारको लागि शुन्य दशमलव ५५ प्रतिशत , २० लाखसम्म ०.५० प्रतिशत र १ करोडसम्मको लागि ० दशमलव ४५ प्रतिशत र १ करोडमाथीको माथीको लागि ०.४ प्रतिशत मात्रसम्म ब्रोकर कमिशन तिरे पुग्ने भएको छ । हाल कारोबार अनुसार ०.७ प्रतिशतदेखि १ प्रतिशतसम्म लगानीकर्ताले ब्रोकर कमिशन बुझाउँनु पर्ने अवस्था छ ।

ब्रोकर कमिशन सहित नेप्सेले पाउँने कमिशन पनि १३ प्रतिशतले घटेको छ । नयाँ कमिशन दर नेप्सेको प्रणालीमा परिवर्तन गरेसंगै लागु हुने नेप्सेको बताइएको छ। कारोबारको क्रममा नै ब्रोकर, नेप्से र धितोपत्र बोर्डलाई जाने कमिशन प्रणालीबाटै कट्टा हुने हुँदा यसका लागि केही समय लाग्ने भएको हो । तर, धितोपत्र बोर्डले भने विहीवारबाटै लागु गर्ने निर्देशन दिने भएको छ ।

प्रकाशित : ५ श्रावण २०७३, बुधबार १४:५८