राष्ट्रिय वाणिज्य बैंक संचालक समितिको अध्यक्षमा रामशरण पुडासैनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिको अध्यक्षमा रामशरण पुडासैनी



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक संचालक समितिको आईतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिए । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २१ असार २०७८, सोमबार १८:१७