अब नागरिक एपबाट सवारीसाधन नवीकरण गर्न सकिने



काठमाडाैं । नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नागरिक एपबाट सवारीसाधनको विवरण अद्यावधिक गर्न सकिने जनाएको छ ।

विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा भुक्तानी नियमावली, २०७८ को नियम ५ र ७ अनुसार बागमती प्रदेश यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा दर्ता भएका वा नवीकरण गरिएका सवारी साधनहरूको विवरण अद्यावधिक गर्ने कार्य सुरु भइरहेको उक्त सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले सवारीसाधनको विवरण उद्यावधिक गर्न २ वटा विकल्प दिएको छ । जसमा मन्त्रालयको यातायात व्यवस्था सूचना प्राणालीको वेब पोर्टलमा गएर आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने छ ।

साथै नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर पनि आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सकिने छ । यो सेवाका लागि नागरिक एपमा नयाँ अपडेट आउँदै छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि