मनकामना स्मार्ट लघुवित्तको आइपीओमा २० लाख बढी आवेदन



काठमाडाैं । मनकामना स्मार्ट लघुवित्तको आइपीओमा अन्तिम दिन २० लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार २० लाख १ हजार ९१९ जनाले २ करोड ६१ लाख ५५ हजार ०१० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ७२ गुणा धेरै आवेदन परेको हो ।

बैंक तथा वित्तीय संस्थाबाट गरिएको सि आश्वाको आवेदन थप हुने क्रम जारी रहेकाले आईपीओ आवेदक अरु थपिनेछ । प्रारम्भिक तथ्याङ्कको आधारमा नै लघुवित्तको आईपीओ ५८ आवेदकमध्ये १ जनाले मात्र शेयर पाउने अवस्था छ । यसले ‘मनकामना स्मार्टकोे आईपीओ लगानीकर्तालाई हात्तिको मुखमा जिरा’ साबित हुने निश्चित छ ।

लघुवित्तले असार १७ गते बिहीबारदेखि १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि