डिजेल, मट्टीतेल, पेट्रोल र खान पकाउने ग्यासको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

डिजेल, मट्टीतेल, पेट्रोल र खान पकाउने ग्यासको मूल्य बढ्यो



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मंगलबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्य बढाएको हो ।

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ पर्ने छ । त्यस्तै निगमले आन्तरिक तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रति लिटर ८४ रुपैयाँ पुर्याएको छ ।

अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको मूल्य प्रतिकिलोलिटर १९ अमिरिकी डलर बढेर प्रति किलोलिटर ७५४ डलर कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढेर प्रति सिलिण्डर १४२५ रुपैयाँ कायम भएको छ ।

निगमले मूल्य बढाएपछि पनि डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासमा घाटा नै रहेको जनाएको छ । निगमले यस अघि असार ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रकाशित : २२ असार २०७८, मंगलवार २०:५०