जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड आज



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर आईपीओको बाँडफाँड आज (असार २३ गते, बुधबार) हुने भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आईपीओको बाँडफाँड भोलि हुन लागेको हो । कम्पनीको आइपीओ विहान ९:३० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाएको छ । आईपीओको प्रि-अलटमेन्ट हिजो (सोमबार) सम्पन्न भएको थियो ।

संस्थाले यहि असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

निष्कासनको अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा १६.९१ गुणा बढी हो । कम्पनीकाे आईपीओमा परेकाे आवेदन हालसम्म कै उच्च पनि हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाउनेछन् । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली हुने निश्चित छ ।

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । नेपाल धितोपत्र बोर्ड (सेबाेन)मा प्रकाशन भएकाे विवरण पत्र अनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९१५ रुपैयाँ ८१ पैसा हुन्छ ।

प्रकाशित : २३ असार २०७८, बुधबार ०८:४०