ईसेवाबाट कुनै पनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ईसेवाबाट कुनै पनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने



काठमाडौं । ईसेवाबाट कुनै पनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागू हुने ईसेवाले जनाएको छ ।

यो अवधिमा ईसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क नलाग्ने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा दिइएको ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

उनले भने, ‘इसेवाले जहिले पनि प्रयोगकर्ताहरूको हितमा काम गरिरहेको हुन्छ, अहिले कोभिड महामारीको अवस्था छ । अहिले असार मसान्त भएको हुनाले बैंकको किस्ता तिर्नुपर्ने पनि हुन सक्छ । अर्को तर्फ डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा थोरै भएपनि लाभ होस् भन्ने उद्देश्यले हामीले निःशुल्क किस्ता तिर्न सकिने सुविधा दिएका हौं ।

प्रकाशित : २३ असार २०७८, बुधबार ०८:५२