जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड,कसको हातमा कति पर्यो सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड,कसको हातमा कति पर्यो सेयर ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बुधवार बाँडफाँड भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान ९ः३० बजे आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको हो । कुल योग्य आवेदकहरु मध्यबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्य ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको आईपीओ बाँडफाँट भएको हो । यस आईपीओमा २० लाख ८७ हजार ३१७ जनाको आवेदन परेको थियो । कुल आवेदनकमभ्य ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि बाँडफाँट गरेको छ ।

कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो । २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको कम्पनीले जेठ ३० गते अनुमति पाएको हो । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ ।

आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुगेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

प्रकाशित : २३ असार २०७८, बुधबार ११:२९