यसरी हेर्नुस् जीवन विकास लघुवित्तको आईपिओको नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

यसरी हेर्नुस् जीवन विकास लघुवित्तको आईपिओको नतिजा



काठमाडाै । वन विकास लघुवित्तले निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँड गरिएको हो । कुल योग्य आवेदकहरु मध्यबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्य ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार जीवन विकास लघुवित्तको वेबसाइट http://jeevanbikasmf.com/ , बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । बेलुकासम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।

प्रकाशित : २३ असार २०७८, बुधबार ११:४१