खुल्यो युनियन लाइफ इन्स्योरेन्सको आइपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

खुल्यो युनियन लाइफ इन्स्योरेन्सको आइपिओ



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आज असार २४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत भएको हो ।

प्रकाशित : २४ असार २०७८, बिहीबार १३:३७