मैलुङखोला जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

मैलुङखोला जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्ने



काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनका लागि असार २३ गते बोर्डको अनुमति पाएको हो । कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो ।

आवेदन दिएको ३ बर्ष ९ महिनामा बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको यो आईपीओलाई इक्रा नेपालले सबैभन्दा कमजोर संकेत गर्ने ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ । आयोजना प्रभावित स्थानियलाई यस अघिनै शेयर जारी गरेको कम्पनीले कमजोर रेटिङ्ग पाएपनि आईपीओ निष्कासनको अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो । नियामक निकायले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएपनि लगानीकर्ताहरुले कम्पनीको अवस्था हेरेर लगानी गर्न सुझाब दिएको छ ।

आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी निष्कासनको अनुमति पाएको यस कम्पनीमा लगानी गर्ने या नगर्ने निर्णय भने लगानीकर्ता आफ्नै रहेको नियामकको भनाई छ । यस कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ ।

प्रकाशित : २४ असार २०७८, बिहीबार १३:५१