युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले थाल्यो एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले थाल्यो एकीकृत कारोबार



काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्नेप्रक्रिया पूरा भएको छ । प्राप्तिप्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको हो । एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र पौडेल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरे ।

अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तिय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ उनले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ हुनेछ र एटीएमको संख्या भने १८३ हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) ।

यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुनेछ ।

प्रकाशित : २७ असार २०७८, आईतवार १६:४८