सिन्धु विकास बैंकले सतप्रतिशत हकप्रद दिने, साउन २३ देखि आवेदन खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिन्धु विकास बैंकले सतप्रतिशत हकप्रद दिने, साउन २३ देखि आवेदन खुला



sindhu-bankकाठमाडाै । सिन्धु विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई सत प्रतिशत(१ः१)को दरले हकप्रद वितरण गर्ने भएको छ । यही उद्देश्य पूर्तिका लागि आगामी साउन २३ गतेदेखि हकप्रदका लागि आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।

बुधबार बैंकले जारी गरेको सूचना अनुसार साउन २३ गतेदेखि हकप्रदका लागि खुल्ने आवेदन भदौ २६ गतेपछि बन्द हुनेछ ।  सिन्धु विकास बैंकले १०० रुपैयाँ अंकित मूल्यको कुल १२ लाख ९ हजार ३ सय ७५ कित्ता सेयर निश्कासन गर्न लागेको हो ।  यो बैंकका सेयरधनी र बुक क्लोजरको मिति साउन ६ गतेअघि यो बैंकको सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिनसक्ने छन् ।

हकप्रद वितरण तथा व्यवस्थापनका लागि एनआइबिएल क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ ।  इच्छुक सेयरधनीले एनआइबिएल क्यापिटलको लाजिम्पाटस्थित कार्यालय, सिन्धु विकास बैंकको मुख्य र सबै शाखा कार्यालयहरुबाट आवेदन भर्नसक्ने व्यवस्था मिलाइएको छ ।

घोषित हकप्रदको व्यवस्थापनपछि बैंकको कुल चुक्तापूँजी हालको १२ करोड ९ लाखबाट २४ करोड १८ लाख पुग्नेछ ।  यो बैंकको अधिकृत पूँजी ३० करोड र साधारण–संस्थापक सेयर अनुपात ५१ : ४९ रहेको छ ।  इक्रा नेपालले यो बैंकको हकप्रद सेयरलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । जुलाई १९ मा यो बैंकको अन्तिम सेयर बिक्री मूल्य ५९० रुपैयाँ थियो ।

प्रकाशित : ५ श्रावण २०७३, बुधबार १३:०६