दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । आइतवार नेपाल लाईफ र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ प्रतिशत बोनस शेयर वापतको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता र डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर वापतको १५ लाख ८ हजार १५० दशमलव ३६१८ कित्ता शेयर सूचीकृत गराएको हो ।

सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । नेपाल लाईफले यस वर्ष ३१ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गत माघ २८ गतेको वार्षिक साधारण सभामार्फत पारित गरेको थियो । वार्षिक साधारण सभाबाट पारित गरेको पाँच महिनामा नेपाल लाईफको बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । दुबै कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि समेत नगद लाभांश दिने प्रस्ताव पातिर गरेकाले शेयरधनीहरुले बोनस शेयर वापतको कर बुझाउनु पर्नेछैन् ।

प्रकाशित : २७ असार २०७८, आईतवार १७:३५