सीवाईसी लघुवित्त र ग्लोबल आईएमई क्यापिटलबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सीवाईसी लघुवित्त र ग्लोबल आईएमई क्यापिटलबीच सम्झौता



काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको हो ।

संस्थाले चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् तीन लाख ९५ हजार तीन सय ३५ कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । सम्झौतामा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको सीवाईसीले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात् सीवाईसीकोे अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार आठ सय ३७ रुपैयाँ पुुगेको छ । संस्थाले हाल ३७ वटा शाखामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : २७ असार २०७८, आईतवार १७:५८