सिम्रिक साकोसद्वारा सदस्यहरुलाई औषधी उपचार खर्च र ऋण मिनाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

सिम्रिक साकोसद्वारा सदस्यहरुलाई औषधी उपचार खर्च र ऋण मिनाह



केन्द्रिय कार्यालय विर्तामोड–४, झापा रहेको यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले झापा, इलाम र मोरङ्ग जिल्लामा रहेका आफ्ना ३० वटै सेवाकेन्द्रहरुबाट भैपरी आउने तथा विभिन्न रोगहरुबाट बिरामी भई उपचार गराईरहेका आफ्ना शेयर सदस्यहरुलाई निरन्तर रुपमा औषधी उपचार खर्च प्रदान गर्दै आएको छ ।

आफ्ना शेयर सदस्यहरुलाई अभिभावकको दर्जा दिएको यस सिम्रिक बचत तथा ऋण सहकारी संस्थालेसेवाकेन्द्र पाडाजुँगी अन्तर्गतका शेयर सदस्यहरु क्रमशः श्री जित ब. बिष्टलाई अप्रेसन उपचार खर्च वापत रु. ११,३००।–, श्री पवित्रा रसाइलीलाई ढाडको अप्रेशन खर्च वापत रु. १९,८००।–, श्री चुन प्रसाद दर्जीलाई आन्द्राको अप्रेशन खर्च वापत रु. १०,०००।–, त्यसैगरी सेवाकेन्द्र गौरादह अन्तर्गतका शेयर सदस्यहरु क्रमशः श्री निर्मला खड्का, श्री निर्मला वि.क., श्री गंगा शिवाकोटीहरुलाई औषधी उपचार खर्च वापत रु.२८,५००।– प्रदान गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । त्यसैगरी सेवाकेन्द्र मेचीनगर अन्तर्गतका शेयर सदस्यहरु श्री कविता तामाङ्ग, श्री खेमराज खरेल, श्री कमला देवी कर्णलाई औषधी उपचार खर्च वापत रु. १३,९०५।–, सेवाकेन्द्र गोलधापका शेयर सदस्य श्री पवित्रा गुरागाईंको खुट्टा भाँचिएको उपचार खर्च वापत रु. २०००।– गरी जम्मा रु. ८५,५०५।– रकम शेयर सदस्यहरुलाई आई.टी. विभाग प्रमुख श्री याम बहादुर बिष्ट र सेवाकेन्द्र प्रमुखहरुको उपस्थितिमा हस्तान्तरण गरिएको कुरा संस्थाका कार्यकारी प्रमुख श्री कमल बहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै सेवाकेन्द्र धुलाबारी लघुवित्त अन्तर्गतका शेयर सदस्य ललिता राजवंशीको भएको अकल्पनीय समवेदना व्यक्त गद संस्थाबाट लिएको ऋण मध्ये तिर्न बाँकी रकम रु. ७२,२२०।– मिनाह गरिएको संस्थाले जनाएको छ । त्यसैगरी नगद रु. १०,०००।– परिवारको सदस्यलाई तालिम विभाग प्रमुख श्री बिजय बस्नेत, कर्जा विभाग प्रमुख श्री कृष्ण प्रसाद कडरिया र सेवाकेन्द्र धुलाबारी प्रमुख श्री फणिन्द्र प्रसाद भट्टराईको उपस्थितिमा प्रदान गरिएको छ ।

प्रकाशित : २८ असार २०७८, सोमबार ११:४३