मङ्गलवारदेखि जोन्सन र भेरोसेल खोप लगाइने ( यस्ताे छ उमेर समूह) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

मङ्गलवारदेखि जोन्सन र भेरोसेल खोप लगाइने ( यस्ताे छ उमेर समूह)



काठमाडौँ । सोमबार मात्रै नेपाल आइपुगेको कोरोना भाइरसविरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन भोलि अर्थात् मङ्गलवार देखि लगाउन सुरु भएको छ । यस्तै चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोप पनि मङ्गलवारबाट लगाउन सुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भेरोसेल र जोनसन खोप अभियान असार २९ गतेदेखि नै ७७ वटै जिल्लामा सञ्चालन गर्ने बताएको हो ।

के चाहिन्छ प्रमाण

खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।

शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २८ असार २०७८, सोमबार २१:३७