कहाँ खर्च हुन्छ रेमिट्यान्स ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कहाँ खर्च हुन्छ रेमिट्यान्स ?



money2-390x293काठमाडौं, ६ साउन । विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम तिनका परिवारले बचत गर्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । नेपालमा रेमिट्यान्सको उपयोगबारे राष्ट्र बैंकले हालै मात्र गरेको अध्ययनले यस्तो देखाएको हो । यसअघिका अध्ययनहरूले रेमिट्यान्सको ज्यादै ठूलो हिस्सा दैनिक उपभोगमा खर्च हुने गरेको भनेका थिए ।

गत वर्ष सार्वजनिक भएको तेस्रो घरपरिवार सर्वेक्षण (नेपाल लिभिङ स्ट्यान्डर्ड सर्भे) ले पनि विप्रेषणको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको थियो। नयाँ अध्ययनले विदेशमा कमाएको मध्ये २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न र २४ प्रतिशत रकममात्रै दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

खाडी मुलुक र भारतमात्र होइन पश्चिमा मुलुक, जापान र अस्ट्रेलियाजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्न प्रयोग हुने गरेको अध्ययनले देखाएको छ। राष्ट्र बैंकका अनुसार अध्ययन क्रममा उत्तरदाताहरुले शिक्षा, स्वास्थ्य र अन्य घरायसी खर्चमा रेमिट्यान्स रकमको २३ प्रतिशतमात्रै खर्च गर्ने गरेको बताएका थिए । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशित : ६ श्रावण २०७३, बिहीबार ०२:५९