नेपाल इन्भेस्टमेण्टलाई ‘यूरोमनी अवार्ड’



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक ‘यूरोमनी अवार्ड फर एकसीलेन्स २०२१’ बाट सम्मानित भएको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने वित्तीय खबरपत्रिका ‘यूरोमनी’ले उक्त अवार्ड दिएको हो । युरोमनी अवार्ड संसारभरका १०० भन्दा बढी मुलुकका बैंकलाई प्रदान गर्ने गरेको छ ।

इन्भेस्टमेण्टलाई नेपालका लागि उत्कृष्ट बैंकको अवार्ड दिएको हो । एसियाका ५२ मध्ये २३ मुलुकमा उक्त अवार्ड प्रदान गरिएको छ । उक्त म्यागेजिनले क्षेत्रीय र विश्व स्तरमा पनि यस्तो अवार्ड दिने गरेको छ । यस वर्ष एसियाकै सवौत्कृष्ट बैंकको अवार्ड सिंगापुरको डीबीएस (द डेभेपलमेण्ट बैंक अफ सिंगापुर)ले पाएको छ ।

नेपालमा इन्भेस्टमेण्ट बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघि सन् २०१८ मा पनि बैंकले यो अवार्ड जितेको थियो । १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो ।

बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ । बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि