एनआरएनएमा चुनावी सरगर्मी : स्पेनको उपाध्यक्षमा राउत र बेज्लियमको सचिवमा सापकोटाको उम्मेद्वारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआरएनएमा चुनावी सरगर्मी : स्पेनको उपाध्यक्षमा राउत र बेज्लियमको सचिवमा सापकोटाको उम्मेद्वारी



काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए स्पेनेको उपाध्यक्षमा सोनु राउतको उम्मेदवारी परेको छ । १५ वर्षदेखि स्पेनमा रहँदै आएका राउतले स्पेन शाखाको आगामी कार्यसमितिका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । राउत स्पेनको वार्सिलोनामा कार्यरत छन् । यसअघी उनि एनआरएनए र स्पेनका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर काम गरिसकेका छन् ।

उनले नेपालमा वाढी पहिरो पीडितलाई आर्थिक सहयोग समेत गर्दै आएका छन् । एनआरएनए स्पेनको नयाँ कार्यसमितिका लागि आगामी जुलाई २६ मा मतदान हँदैछ । कोभिड १९ को जोखिम कायमै रहेकाले नयाँ कार्यसमितिका लागि अनलाईन माध्यमबाट मतदान हुन लागेको हो । ललितपुरको हात्तिवन स्थायी घर भएका राउतले स्पेनका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर समाज सेवामा पनि सक्रिय छन् ।

स्पष्ट विचार धारा राख्ने राउत बार्सिलोनामा लोकप्रिय समेत छन् । स्पेनमा रहँदा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्व र एनआरएनएका पदाधिकारीसंग नजिक भएर काम गरिसकेका राउतले आफुलाई एनआरएका बर्तमान र पूर्वपदाधिकारी, विभिन्न संघसंस्थाहरुको साथ रहेको दावी गरे ।

अग्रजहरुको सल्लाह अनुसार नै आफुले एनआरएनए स्पेन कार्यसमितिको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । गैर नाफामुलक संस्था एनआरएनएको छवीलाई सुधार्न, नेपाल र नेपालीहरुको हितमा प्रर्वद्धन गर्न आफुले हरसम्भव प्रयास गर्ने उनको भनाई छ । गैर आवासीय नेपाली संघ एनआरएनएलाई सवै नेपालीको साझा चौतारी बनाउन आफुले हर सम्भव प्रयास गर्ने राउतले बताए । यसैगरी, एनआरएनए बेल्जियमको उपाध्यक्षमा बाग्लुङका जगदिश सापकोटाले पनि उम्मेदवारी दिएका छन् ।

बेल्जियममा १६ वर्षदेखि बस्दै आएका सापकोटा होटल तथा रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् । लुवेनमा बस्दै आएका उनले बेल्जियम शाखाको आगामी कार्यसमितिका लागि सचिव पदमा उम्मेदवारी दिएका हुन् । सन २००५ देखि नै लुवेनमा बस्दै आएका सापकोटा त्यहा“को विभिन्न सामाजिक क्षेत्रमा सक्रीय रहँदै आएका छन् ।

इन्द्र धनुष क्लवसंग आवद्ध सापकोटाले जनसम्पर्क समिति बेल्जियमको प्रवक्ताको जिम्मेवारी सम्हाली सकेका छन् । उनले नेपाली व्यवसायीसंघ बेल्जियमको क्षेत्रीय संयोजकको रुपमा काम गरेको अनुभव समेत सापकोटाको छ । विभिन्न संघसंस्थामा बसेर काम गरेको अनुभवका आधारमा आफुले सचिव पदमा उम्मेदवारी दिएको र एनआरएनएको गरिमालाई अझै उच्च बनाउन लागि पर्ने पर्ने प्रतिवद्धता समेत जनाए । एनआरएनए बेल्जियमको नयाँ कार्यसमितिका लागि आगामी जुलाई २६ मा मतदान हुँदैछ ।

कोभिड १९ को जोखिम कायमै रहेकाले नयाँ कार्यसमितिका लागि अनलाईन माध्यमबाट मतदान हुन लागेको हो । स्पष्ट विचार राख्ने सापकोटा बेल्जियममा निकै लोकप्रिय समेत छन् । बेल्जियममा रहँदा विभिन्न सामाजिक क्ष्ँेत्रका व्यक्तित्व र एनआरएनएका पदाधिकारीसंग नजिक भएर काम गरिसकेका सापकोटाले आफुलाई एनआरएका बर्तमान र पूर्वपदाधिकारी, विभिन्न संघसंस्थाहरुको साथ रहेको दावी गरे । अग्रजहरुको सल्लाह अनुसार नै आफुले एनआरएनए स्पेन कार्यसमितिको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

गैर नाफामुलक संस्था एनआरएनएको छवीलाई सुधार्न तथा बेल्जियममा रहेका नेपालीहरुलाई एकीकृत गरि सेवा प्रदायक कम्पनी र संस्थाहरुसंग हातेमालो गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए । आफ्नो कार्यकालमा एनआरएनएको आर्थिक पारदर्शितालाई केन्द्रमा राख्ने सापकोटाले प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो कार्यकाल एनआरएनएको सृजनशिलताका लागि हरसम्भव प्रयास गर्ने उनले बताए । आगामी कार्यकालको सचिव पदमा उम्मेदवारी दिनुअघि सापकोटाले विभिन्न ५ वटा प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।

प्रकाशित : ३१ असार २०७८, बिहीबार १२:३३