एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको साउन १ गते, शुक्रबार सम्पन्न संचालक समितिको ९२ औं बैठकको निर्णय बमोजिम साउन १ गते देखि लागु हुनेगरि कम्पनीको संचालक समितिको अध्यक्षमा ढकाललाई नियुक्त गरेको हो ।

ढकाल एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् । उनीसँग FuDeloitte India(Big 4), ICICI Bank, India तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी प्रोफेशनल Chartered Accountantपनि हुन् ।

साथै, उनले एनआईसी एशिया बंैकको हालकोTransformational Journey को उद्गमविन्दु मानिएको Business Process Reengineering विभागको प्रमुखको भुमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रहि १२ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव उनको रहेकोे छ । हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्य अनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास क्यापिटलको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ३ श्रावण २०७८, आईतवार १२:१६