सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा,यस्ता छन् एजेन्डा



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन २५ गते साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा बार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत बित्तीय विवरण प्रतिवेदन पेश गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७६/७७ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, संचालकको नियुक्ति तथा अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै सभामा आईपिओ निष्कासन प्रस्ताव पनि पेश हुने छ । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि