लगानीकर्तालाई खुशीको खबर : तीन कम्पनीलाई ७६ लाख २३ हजार कित्ता आइपीओ निष्काशन बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

लगानीकर्तालाई खुशीको खबर : तीन कम्पनीलाई ७६ लाख २३ हजार कित्ता आइपीओ निष्काशन बोर्डको अनुमति



काठमाडाैं । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीले आइपीओ जारी गर्ने अनुमति पाएका हुँन् ।

बोर्डले सानिमा लाइफलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता, मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीले पनि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।

प्रकाशित : ४ श्रावण २०७८, सोमबार १५:०४