उकालो यात्रामा सेयर बजार,११ अर्ब ८१ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

उकालो यात्रामा सेयर बजार,११ अर्ब ८१ करोडको कारोबार



काठमाडाै् । सेयर बजार दोहोरो अंकले बढे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९०.४७ बिन्दुमा पुगेको हो । नेप्से ०.३३ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले घटेर ५६०.९५ बिन्दुमा पुगेको हो ।

त्यस्तै आज कारोबार रकम पनि लयमा फर्किएको छ । आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि नेप्सेमा ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अधिकांश डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा एनआईसी एसिया बैंकको कारोबार भएको छ । कम्पनीको ३५ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ४ श्रावण २०७८, सोमबार १५:२४