बैंकहरुको नयाँ व्याजदर , कुन बैंकको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरुको नयाँ व्याजदर , कुन बैंकको कति ?



काठमाडाैं । आर्थिक वर्ष २०७८/७९ शुरु भएसँगै बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले मुद्दतिको ब्याज दर यथावत राखेका छन् भने केहीले थपघट गरेका छन् ।बैंकहरुले मुद्धति निक्षेप, बचत निक्षेप खाताका ब्याजदर परिवर्तन गरेका छन् । कतिपय खाताको ब्याजदर यथावत् पनि राखेका छन् ।

यस्तो छ बैंकहरुको ब्याजदर

एनआइसी एसिया : एनआइसी एसिया बैंकले बचतमा २.५६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६ प्रतिशतसम्म ब्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधार दर ६.७४ प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण दिने छ ।

एनएमबि बैंक : एनएमबि बैंकले बचतमा २.५० देखि ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिमा ६.५० देखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

एनसीसी बैंक : एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३ प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत र न्यूनतम ७ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक : एभरेष्ट बैंकले बचतमा २.५० देखि ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिमा ६ देखि ७ प्रतिशत व्याजदर तोकेको छ ।

कुमारी बैंक : कुमारी बैंकले बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशतदेखि ७.६५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । ऋणको ब्याज भने प्रकारअनुसार ७ प्रतिशतसम्म तोको छ । यस बैंकले बैंकको जेठ महिनामा आधार दर ७.४० प्रतिशत छ । बैंकले न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्ममा स्थिर कर्जा दिने योजना बनाएको छ ।


माछापुच्छ्रे बैंक :
माछापुच्छ्रे बैंकले बचतमा २.०५ देखि ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९ प्रतिशत छ । यसमा बैंकले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि ९.८९ प्रतिशतदेखि १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक : सनराइज बैंकले बचतमा २.५७ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.५० प्रतिशत तोकेको छ । जेठ मसान्तसम्मको बैंकको आधार दर ६.७२ प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम १०.५० प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

कृषि विकास बैंक : कृषि विकास बैंकले बचत खातामा ३.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.४८ प्रतिशत छ । यसमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर तोकेको छ ।

ग्लोबल आइएमई बैंक : ग्लोबल आइएमई बैंकले बचत खतामा २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा ७.०१ प्रतिशत ब्याज तोकेको छ । यो ब्याज १ वर्षमाथिको मुद्दति खाताका लागि दिने जनाएको छ । बैंकको चैत मसान्तसम्मको आधार दर ६.४० प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंक : प्रभु बैंकले बचत खातामा २ देखि ४ प्रतिशत, मुद्दतिमा ६.५० देखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको जेठसम्मको आधार दर ७.०६ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिने र स्थिर ब्याजदरका लागि न्यनतम ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक : नेपाल एसबीआई बैंकले बचतमा ३.०१ प्रतिशत, व्यक्तिगत मुद्दतिमा ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको जेठ मसान्तसम्मको बेस रेट ७.३८ प्रतिशत छ । यसमा न्यूनतम १.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुनेछ ।

सिद्धार्थ बैंक : सिद्धार्थ बैंकले बचतमा २.५ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकको जेठ महिनामा आधार दर ६.६९ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरका लागि बैंकले न्यूनतम ८.४९ देखि अधिकतम ११.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकले बचतमा २.७६ देखि ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.५० देखि ७.७६ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४ प्रतिशत रहेको छ । यसमा अधिकतम ६.९९ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाका लागि बैंकले १० देखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक अफ काठमान्डू : बैंक अफ काठमान्डूले बचतमा २.५० देखि ४ प्रतिशतसम्म ब्याज तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । बैंकको जेठ मसान्तसम्मको आधार दर ६.५६ प्रतिशत रहेकोले यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने भएको छ ।
नबिल बैंक : नबिल बैंकले बचतमा १.५१ देखि अधिकतम ३.५१ प्रतिशतसम्म, मुद्दतिमा अधिकतम ६.५१ प्रतिशतसम्म, ३ महिने निक्षेपमा ५.०१ प्रतिशत निर्धारण गरिएको छ । बैंकको जेठ मसान्तसम्म बेस रेट ५.७१ प्रतिशत रहेको छ । यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि ११.५० प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक : राष्ट्रिय वाणिज्य बैंकले बचतमा ३ देखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५० देखि ७.२५ प्रतिशतसम्म व्याजदर तोकेको छ । संस्थागत मुद्दति निक्षेपमा ५ देखि ६.५० प्रतिशतसम्म तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५० प्रतिशत अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । स्थिर कर्जाको लागि ९ देखि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

सेञ्चुरी बैंक : सेञ्चुरी कमर्सियल बैंकले बचतमा ३ देखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.३८ प्रतिशत तोकेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकको भनाइ छ । स्थिर कर्जाको लागि ११.४९ प्रतिशतदेखि १२.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको जनाएको छ ।

हिमालयन बैंक : हिमालयन बैंकले बचतमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिमा ५ देखि ७ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

नेपाल बैंक : नेपाल बैंकले बचतमा २.५० देखि ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५.९८ प्रतिशत छ । यसमा १.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । स्थिर ब्याज भने ९.३५ प्रतिशत देखि १३.९३ प्रतिशतसम्म कायम गरेको छ ।

मेगा बैंक : मेगा बैंकले बचत खातामा २.२५ देखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.०१ प्रतिशत छ ।

नेपाल बंगलादेश बैंक : नेपाल बंगलादेश बैंकले बचतमा २.५० प्रतिशत, मुद्दतिमा ७.२५ देखि ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले ९.९९ देखि १२.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक : लक्ष्मी बैंकले बचतमा २.५ देखि ४.५ प्रतिशतसम्म, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ प्रतिशतदेखि ६ महिनाभन्दा बढीको हकमा ७.५ प्रतिशत ब्याज दिनेछ । बैंकको जेठसम्मको आधार दर ८.९ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

सिटिजन्स बैंक : सिटिजन्स बैंकले बचतमा न्यूनतम ब्याज ३.१५ प्रतिशत र अधिकतम ५.१५ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.६५ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.५१ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिइने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि १०.५० प्रतिशतदेखि १३ प्रतिशत ब्याज दर निर्धारण गरेको जनाएको छ ।

सिभिल बैंक : सिभिल बैंकले बचतमा ३.५५ देखि ५.५५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अबदेखि ४.०१ देखि ५.०१ प्रतिशतसम्म मात्र ब्याज दिने छ। बैंकले मुद्दतिको अधिकतम ब्याज ८।५५ बाट बढाएर ८.७१ प्रतिशत पुर्याएको छ ।

सानिमा बैंक : सानिमा बैंकले बचतमा २.३५ देखि ४.३५ प्रतिशतसम्म पुर्याएको छ । यससँगै मुद्दतिको ब्याज ०.३० प्रतिशत बिन्दुले बढाएको छ । बैंकले मुद्दतिमा अधिकतम ७.३५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

प्रकाशित : ४ श्रावण २०७८, सोमबार १७:०४