तेह्रथुम पावर कम्पनीको आइपीओ मंगलबार देखि , कस्ले कति कित्ता भर्न पाइन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

तेह्रथुम पावर कम्पनीको आइपीओ मंगलबार देखि , कस्ले कति कित्ता भर्न पाइन्छ ?



काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोली अर्थात् मंगलबार देखि स्थानीय वासिन्दाका लागि आइपीओ जारी गर्दैछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि भोलि (साउन ५ गते)बाट आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको छ । यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्तासम्मको माग गर्दै आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। तेह्रथुम पावरको जलविद्युत आयोजनास्थलबाट पनि आईपीओका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओमा छिटोमा साउन १९ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । धितोपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

स्थानीयलाई ४ लाख कित्ता निष्कासन गरेको कम्पनीले बाँकी ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ पुग्नेछ।

आईपीओ बिक्रीबाट प्राप्त रकम तेह्रथुम जिल्लामा निर्माणाधीन ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्टमा लगानी गरिने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डले गत असार १० गते यो कम्पनीलाई कुल १२ लाख कित्ता आइपीओ निष्कासनको अनुमति दिएको थियो।

प्रकाशित : ४ श्रावण २०७८, सोमबार १७:२८