कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने, विद्यार्थीले होम सेन्टरबाटै दिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने, विद्यार्थीले होम सेन्टरबाटै दिन पाउने



काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बोर्डको बैठकले विद्यार्थीहरू पढेकै विद्यालयमा परीक्षा सञ्चालन हुने निर्णयसमेत गरेको छ ।

परीक्षा भदौ ९ गतेसम्म चल्ने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।

कोभिड-१९ महामारीले गर्दा जेठ अन्तिममा गर्ने भनिएको कक्षा १२ को परीक्षा दुई महिनापछि हुन लागेको हो । बोर्डले विद्यार्थीले अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्था गरेको हो । साउन ३१ गतेबाट शुरु हुने परीक्षा भदै ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । यसअघि बोर्डले नै परीक्षा केन्द्र तोक्ने गरेको थियो ।

प्रकाशित : ५ श्रावण २०७८, मंगलवार १९:१८