महालक्ष्मी विकास बैंकको खुद नाफा ७१ प्रतिशतले उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

महालक्ष्मी विकास बैंकको खुद नाफा ७१ प्रतिशतले उकालो लाग्यो



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड खुद नाफा ७१ प्रतिशतले उकालो लागेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो आव को तुलनामा ७१ प्रतिशतले उकालो लागेको हो ।

त्यसैगरी बैंकले असार मसान्तसम्म आइपुग्दा ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा लगानि गरेको छ । बैंक्को अन्य आम्दानि ३८६ प्रतिशतले उकालो लागेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य अंकले बढेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ६८ लाख ५६ हजार रहेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी २१.९३ रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी ५७ प्रतिशतले उकालो लागेको हो

बैंकको खराब कर्जा अनुपात ३.३२ प्रतिशत, पूँजीकोष अनुपात १३.६७ प्रतिशत, कर्जा निक्षेप अनुापत ७९.६७ प्रतिशत, कोष्को लागत ५.४४ प्रतिशत, आधार ब्याजदर ७.२८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६४.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२९ गुणा रहेको उक्त विवरणमा उल्लेख छ ।

बैंकको गैह्र सञ्चालन आम्दानी पनि उच्च अंकले बढेको छ । अघिल्ले वर्ष ३ करोड ३८ लाख मात्र अन्य संचालन आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा १६ करोड ४९ लाख यस्तो आम्दानी गरेको छ यो आम्दानी ३८६ प्रतिशतले बढेको हो ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित : ६ श्रावण २०७८, बुधबार ११:४९